पेशागत मर्यादामा प्रश्न उठाएपछि लाइफ केयरको ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशमा सांसद खिम विक्रम शाहीको नाममा प्राप्त नमुनाको रिपोर्ट पोजेटिभ आएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा सो बारे आएका प्रतिक्रिया र आशंकाप्रति लाइफ केयर डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरकोे गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

निजको नमुना सुरक्षित रहेको र आवश्यक परेमा छानविनको लागि सम्बन्धित पक्षलाई सहयोग गर्न तयार रहेको जानकारी गराउँदै पेशागत मर्यादाप्रति जिम्मेवार रहिरहेको र रहिरहने डा.अमर नागिलाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस विषयमा डाक्टर नागिला भन्छन्, सांसद खिम विक्रम शाहीको स्वाब जाचँ गर्दा गण्डकी प्रदेशको ल्याबबाट नेगेटिभ रिजल्ट आयो तर लाइफ केयर डाइग्नोस्टिक्सको ल्याबबाट रिजल्ट पोजेटिभ आयो । त्यसपछि फेरि तेस्रोपटक उनको स्वाब गण्डकी प्रदेश ल्याबमा पठाउँदा पोजेटिभ आएपछि प्रदेश ल्याब र लाइफ केयर डाइग्नोस्टिक्स ल्याबको रिजल्ट मिल्न पुगेको छ ।

साधै उनले राजनितीक जोड घटाउसँग आफ्नो कुनै आइनो-साइनो नरहेको र गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नपर्न सेवाग्राहीहरुमा अनुरोध पनि गरेका छन्।

You might also like

Comments are closed.