हाम्रो सहयोगीका सदस्य र कर्मचारीलाई लाइफ केयरमा छुट

पोखरा । पोखरामा रहेको गण्डकी प्रदेशकै ‘क’ बर्गको एक मात्र ल्याब लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि न्युरोड र पृथ्वीचोकमा रहेको हाम्रे सहयोगी बचत तथा ऋण सहकारी संस्थाबीच बीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतासँगै अब हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका सम्पूर्ण सेयर सदस्य एवं कर्मचारीले लाइफ केयरमा ल्याब परीक्षण गराउँदा ३० प्रतिशत छुट पाउने सहमति भएको छ ।

लाइफ केयरका तर्फबाट प्याथोलोजी डिपार्टमेन्टका हेड डा. सुमन पौडेल र सहकारीकातर्फबाट निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल, सहकारीका सहसचिव कृष्णप्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।

jutta mela

लाइफ केयरसँग सम्झौता गरी सहकारीका कर्मचारी र सेयर सदस्यलाई ल्याब परीक्षणमा छुट उपलब्ध गराउन पाउँदा खुसी लागेको निवर्तमान अध्यक्ष सापकोटाले बताए ।

बायो केमिष्ट, माइक्रोबायोलोजिष्ट, मलिक्युलर बायोकेमिष्ट, प्याथोलोजिष्टको प्रत्यक्ष निगरानीमा ल्यावले सेवा प्रदान गरिरहेको छ । ल्यावमा अत्याधुनिक प्रविधीको प्रयोग हुनुका साथै गुणस्तरिय तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको छ । ल्यावले कोभिड परीक्षण पनि गरिरहेको  र नमुना संकलन गरेकै दिन रिपोर्ट उपलब्ध गराउने ल्यावका प्रवन्ध निर्देशक शुक्रराज कडेंलले जानकारी दिए । विश्वका जुनसुकै देशमा पनि रिपोर्टले मान्यता प्राप्त गर्ने कडेंलले बताए ।

सामाजिक उत्तरदायीत्व वहन गर्दै प्रशासनको सिफारिका आधारमा ल्यावले गरिव तथा असाहाय विरामीको प्रयोगशाला परीक्षण निःशुल्क गरिरहेको कडेंलले बताए ।

You might also like

Comments are closed.