काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रबाट महत्वपूर्ण सहयोग जुटाइएको छ । अष्ट्रेलियास्थित एलआइएचई सिड्नी (LIHE Sydney) तथा मलेसियाको लिंकन युनिभर्सिटी कलेज (Lincoln University College Malaysia) को तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच एलआइएचई सिड्नी तथा लिंकन युनिभर्सिटी कलेजका डिरेक्टर अफ इन्टरनेसनल रिलेसनस् जगदीश चन्द्र वाग्लेले उक्त सहयोग रकमको चेक शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत हस्तान्तरण गरेका हुन् । सो अवसरमा लु क्यानका प्रेसिडेन्ट रेस्टा झा, लिंकन युनिभर्सिटीका कन्ट्री म्यानेजर बिमल पोखरेल, टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलको उपस्थिति थियो ।

विपद्को समयमा राष्ट्र र नागरिकसँगै उभिनु साझा दायित्व भएको बताउँदै यस किसिमको मानवीय योगदानले सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरिएको छ ।




Comments are closed.