विकासका मोडेल दिन सक्ने युवालाई चुनावमा अवसर दिनुपर्छः अधिकारी

काठमाडौं । नेपाल महिला चेम्बरकी महासचिव एवं महिला उद्यमी लिमा अधिकारीले मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनावमा नयाँ नयाँ विकासका मोडेल दिनसक्ने सचेत र सक्षम युवालाई अवसर दिनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै अधिकारीले स्थापित दलका नेताहरुले पनि चुनावमा प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्ने धारणा राखेकी छन् ।

‘गठबन्धन दल भित्र या अन्य दलहरूले यस पटक संघ तथा प्रदेश चुनावमा नयाँ नयाँ विकासका मोडेल दिन सक्ने सचेत, सक्षम युवालाई अबसर दिनु पर्छ,’ उनले भनिन्, ‘अब पनि युवालाई साइड लगाउने, नयाँ अनुहारलाई संसद भित्र नो इन्ट्रि गर्ने हो भने पार्टी बाहिरबाट स्वतन्त्र धेरै युवाहरूले डेट एक्सपाएर नेताहरूको निंद हराम हुने पक्का छ ।’

युवाहरूको संगठित पहलकदमीले मात्र राष्ट्रियस्तरमा विकल्प दिन सक्ने आम जनतामा नयाँ आशाको संचार गर्नसक्ने अधिकारीले भनाइ छ ।

‘हरेक स्थापित दलका युवा नेताहरूले आँट गर्नु पर्यो र आ–आफ्नो दलका अबसर पाएर पनि क्षमता देखाउन चुकेका नेताहरूलाई पछि हट्न बाध्य पार्दै आफूहरू चुनावी मैदानमा आउनुपर्छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.