काठमाडौं । लिकंन युनिभर्सिटी, कलेज मलेसिया अन्तर्गतका एघार कलेजहरुको दिक्षन्त समारोह सम्पन्न भएको छ । शिक्षमन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा ललितपुरको गोदावरीमा सम्पन्न समारोहमा २५ सयभन्दा बढी विद्यार्थीहरु दीक्षित भएका हुन् ।
लिकंन युनिभर्सिटी, कलेज मलेसियाको दिक्षान्त समारोहमा यस पोखरा लिकंन इन्टरनेशनल कलेजका २०१५ र २०१६ Intake का BBA र BHM का १४७ छात्र छात्राहरु स्नातक तह सफलतापूर्वक उत्तिर्ण भइ दीक्षित हुन सफल भएका थिए । लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्राध्यापक डाक्टर अमिया भौमिकको सभापतित्वमा भएको समारोहमा प्रो चान्सलर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए ।
पोखरा लिंकन ईन्टरनेशनल कलेज पोखराको मध्यभाग सिमलचौरमा अवस्थित करिव एक दसक देखि मलेशियाको लिंकन युनिभर्सिटिबाट सम्बन्धन प्राप्त, नेपालको शिक्षा मन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वबिद्यालयबाट समकक्षता प्राप्त अन्तर्राष्ट्रियस्तरको डिग्री सञ्चालन गरिरहेको छ । उक्त कलेज पोखराका प्रतिष्ठित शैक्षिक, विभिन्न पेशा ब्यवसायमा स्थापित ब्याक्तित्व एवं ब्यवसायीहरुबाट सञ्चालित कलेज हो । हाल सम्म पोखरा लिकंन इन्टरनेशनल कलेजका ३२९ विद्यार्थीहरु स्नातक तह उत्तिर्ण भई विभिन्न पेशा व्यवसाय र उच्च शिक्षामा संलग्न छन् ।
Comments are closed.