पोखरा
पर्वत फलेवास नगरपालिका ६, चनखोला निबासी ३४ बर्षिय याम बहादुर नेपाली (हाल पोखरा- १७ महतगौंडा)लाई लायन्स क्लव अफ पोखरा ग्रीन हिलले आर्थिक सहयोग गरेको छ । नेपाली केही समय पहिले देखि मृर्गौला पिडित भएको र हाल पोखरामा उनको उपचार भईरहेको छ ।
उपचारको लागि आर्थिक अभाव भएकोले लायन्स क्लव अफ पोखरा ग्रीन हिलले आर्थिक सहयोग गरेको क्ल्वका अध्यक्ष कृष्णाकुमारी श्रेष्ठले जानकारी दिईन् ।

यस्तै पोखरा महानगरपालिका १२ जयटोलका दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने अति विपन्न परिवारलाई पनि क्वले राहत प्रदान गरेको छ ।कोरोना महामारीका कारण तत्काल वाहिर काम गर्ने अवस्था नभएको र परिवारमा खाद्यान्य अभाव भएकोले चामल, दाल, नून तेल लगायत खाद्यान्य सहयोग गरेको अध्यक्ष श्रेष्ठले वताईन् ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक सेक्रेटरी बिनोद ढुंगानाले क्लवले मानविय सेवाका लागि गरेको कामको प्रसंसा गरे । लायन्स क्लव क्लष्टर २४ का क्लष्टर प्रमुख चिफ शिबराज आचार्य ले क्लवले गरेका गतिविधी सह्रानिय रहेको बताए ।





Comments are closed.