लायन्स डिष्ट्रिक्ट ३२५ ‘एम’ को कन्भेन्सन चैत्र अन्तिम साता

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ को चैत अन्तिम साता हुने भएको छ । डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमबीच कन्भेन्सन मिति घोषणा गरेका हुन् । आगामी चैत २५ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा कन्भेन्सन गरी आगामी वर्षको नेतृत्व चयन गर्ने कार्यक्रम रहेको गभर्नर पौडेलले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख तथा पिडिजी धनराज आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कन्भेन्सन कल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सामाजिक क्षेत्रमा डिष्ट्रिक्टले महत्वपूर्ण योगदान पुर्याउन सफल रहेको बताए ।

लायन्स क्लब अफ काठमाडौं लुम्बिनीले कन्भेन्सको होस्ट गर्ने क्याबिनेट सेक्रेटरी रत्न पराजुलीले जानकारी दिए ।

jutta mela

लायन वर्ष २०२२/२३ मा फस्ट भाइस गभर्नर रहेका भीमलाल पौड्याल आगामी वर्षका लागि कन्भेन्सनबाट गभर्नर चयन हुनेछन् भने यो वर्ष सेकेण्ड भाइस गभर्नर रहेका चण्डीप्रसाद अर्याल कन्भेन्सनबाट फस्ट भाइस गभर्नर चयन हुनेछन् । चिफ एडभाइजर धनीराम बराल आगामी वर्षका लागि सेकेण्ड भाइस गभर्नरको अफिसियल उम्मेदवार हुने बताइएको छ ।

You might also like

Comments are closed.