३२ जना विद्यार्थीलाई निःशुल्क बारिस्टा तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा हेरिटेज तथा फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटी, टुरिजम एण्ड म्यानेजमेन्टको सयुक्त आयोजनामा विपन्न वर्गका लागि २० घण्टे निःशुल्क बारिस्टा तालिम शुरु भएको छ ।

पोखरामा एक कार्यक्रमबीच सोमबार तालिमको उद्घाटन भएको हो । लायन्सका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले तालिमिको उद्घाटन गरेका हुन् ।

तालिममा ३२ जनाको सहभागिता रहेको क्लबकी अध्यक्ष सोनी तामाङले जानकारी दिइन् ।तालिममा सहभागीलाई अन्तर्राष्ट्रिय मान्यन्ता प्राप्त अमेरिकन हस्पिटालिटी एकेडेमीको प्रमाण समेत निःशुल्क प्रदान गरिने छ ।

jutta mela

You might also like

Comments are closed.