लायन्स क्लब लेखनाथ गार्डेनसिटीद्वारा खाद्यान्न बितरण र बृक्षरोपण कार्यक्रम सम्पन्न

पोखरा । लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको बार्षिक कार्यक्रम अन्तर्गत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा गोडमेल गरेको हो ।

कार्यक्रमको शुभारंभ गर्दै लायन्स क्लब अफ इन्टरनेशनल ३२५ के अन्र्तगत बृक्षरोपण कार्यक्रमका प्रमुख भुपेन्द्र गिरीले गार्डेनसिटीले वार्षिक कार्यक्रममै राखेर ज्येष्ठ नागरिकका लागि खाद्यान्न बितरण गर्दै आएको भन्दै प्रसंसा गरे । उनले ज्येष्ठ नागरिकका लागि राज्यले सम्वोधन गर्न नसकेको उल्लेख गर्दै विभिन्न संघसंस्थाहरु सहयोगी हात बनेको बताए । गिरीले बृक्षा रोपणमात्र नभई त्यसलाई तीन तीन महिनामा गोडमेल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिनियर एडभाइजर भक्तबहादुर केसीले विभिन्न परिस्थितिका कारण घरपरिवारसँग बस्न नपाएका ज्येष्ठ नागरिकका लागि क्लबले खाद्यान्न र स्वास्थ्य जाँचमा सहयोग गर्दै आइरहेको बताए ।

क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एडिसनल सेक्रेटरी भरतकुमार अधिकारीले ज्येष्ठ नागरिकका ज्ञान र सिपलाई पुस्तान्तरण गर्र्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिक अस्ताएसँगै उनीहरुको शिप र ज्ञान पनि हराउने भएकाले राज्यले पछिल्लो पुस्ताका लागि अध्ययन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिप ऋतु पौडेल, आश्रमका अध्यक्ष प्रेम लिगल, क्लवका पूर्व अध्यक्ष राजन कल्याण बड्गामी, विश्वमणि अधिकारी, चन्द्रकान्त पौडेल, क्लबका सचिव दीपक बानियाँ दीपक बानियाँ लगायतले कार्यक्रमका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले वार्षिक रुपमा खाद्यान्न र वृक्षरोपण र गोडमेल कार्यक्रम गर्दै आएको छ । बृक्षरोपण पछि अघिल्लो वर्षमा रोपेका विरुवाको गोडमेल समेत क्लबले गर्दै आएको छ । आश्रम परिसरमा क्लबले रोपेका विभिन्न जातका फलफुलका विरुवावाट फल फलेका छन् ।

You might also like

Comments are closed.