लायन्स गभर्नरमा बसेल, भाइस गभर्नरमा केसी र ढुंगानाको उम्मेदवारी

काठमाडौं । लायन्सको गभर्नरमा युवा उद्यमी राम बसेलले उम्मेदवारी मनोनयन गर्दा गराएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइको गभर्नरका लागि बसेलले आइतबार मनोनयन दर्ता गराएका हुन् । सोही अवसरमा डिष्ट्रिक्टको फस्ट भाइस गभर्नरमा चन्द्रकुमार केसीले र सेकेण्ड भाइस गभर्नरमा बिनोद ढुंगानाले पनि मनोनयन गर्दा गराएका छन् ।

मनोनयन गर्दा गराउँदै तीनै जना उम्मेदवारले शतप्रतिशत ‘एस भोट’को लागि अपिल गरेका छन् । लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा रहेका ४ वटा डिष्ट्रिक्टलाई रिडिष्ट्रिकिङ गर्ने अनुमति प्रदान गरेसँगै १५ वटा डिष्ट्रिक्ट पुग्दैछन् । बि १ अन्तर्गत ५ वटा डिष्ट्रिक्ट कायम हुँदैछन् ।

गभर्नरका उम्मेदवार बसेल लायन्स क्लब अफ पोखरा पिपल चौतारीका संस्थापक अध्यक्ष हुन् । यस अगाडि क्याबिनेट सेक्रेटरीसमेत भइसकेका बसेल बिगत २ दशकदेखि लायन्समार्फत सामाजिक क्षेत्रमा सक्रिय छन् ।

चन्द्रकुमार केसी कोचिफ एडभाइजर लगायत डिष्ट्रिक्टका महत्वपूर्ण पदमा रहेर सेवा गरिसकेका छन् भने विनोद ढुंगाना क्याबिनेट सेक्रेटरी लगायतका पदमा रहेर लायन्समा योगदान पुर्याइसकेका छन् ।

लायन्सका मल्टिपल काउन्सिल चियरपर्सन मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य, फस्ट भाइस गभर्नर महेन्द्र पौडेल, पास्ट मल्टिपल काउन्सिल चियर पर्सन राजन लम्साल, पास्ट गभर्नर इन्दु लम्साल लगायतको उपस्थिति थियो ।
You might also like

Comments are closed.