रत्न पराजुलीलाई डिष्ट्रिक्ट 325 एम नेपाल गभर्नरका लागि देउराली क्लवको इन्डोर्समेन्ट

पोखरा । लायन्स अभियानमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका क्लवका पूर्व अध्यक्ष तथा हाल डिष्ट्रिक्ट 325 एम नेपालका फष्ट भाइस गभर्नर रत्न पराजुलीले डिष्ट्रिक्ट गभर्नर पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । उनले आफ्नो होम क्लब Lions Club of Kathmandu Deurali बाट सर्वसम्मत रूपमा इन्डोर्समेन्ट प्राप्त गरेका हुन् ।

क्लवद्वारा आयोजित विशेष कार्यक्रममा उपस्थित सदस्यहरूको सर्वसम्मत समर्थनसहित उम्मेदवारलाई डिष्ट्रिक्ट गभर्नर पदका लागि सिफारिस गर्ने निर्णय गरिएको थियो। कार्यक्रम भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रममा हालका डिष्ट्रिक्ट गभर्नर धनिराम बराल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्याल, पूर्व गभर्नरहरू महेन्द्र पौडेल, गिरधारी शर्मा तथा भिमलाल पौड्यालको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी चिफ एड्भाइजर बलराम सुवेदी, पिआरओ इन चिफ गीता शर्मा चापागई, सेक्रेटियट एण्ड १०० प्रतिशत रिपोर्टिङ चिफ बिकास भुर्तेल लगायत क्लवका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा क्लव परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लवकी पूर्व अध्यक्ष फुल कुमारी बास्कोटाले गर्नुभएको थियो भने अध्यक्षता क्लवका वर्तमान अध्यक्ष बिकास खनालले गरेका हुन्। सञ्चालनका क्रममा बास्कोटाले उम्मेदवारको लायन्स यात्राको विस्तृत परिचय प्रस्तुत गर्दै उनले क्लवदेखि डिष्ट्रिक्ट तहसम्म पुर्‍याएको योगदानको चर्चा गरेकी थिइन्।

कार्यक्रममा पूर्व गभर्नरहरूले आ–आफ्नो धारणा राखेका थिए। पूर्व गभर्नर महेन्द्र पौडेलले संगठनात्मक अनुशासन, पारदर्शिता र समयमै रिपोर्टिङको महत्त्व औंल्याउँदै उम्मेदवार सक्षम र अनुभवी नेतृत्व भएको बताए। पूर्व गभर्नर गिरधारी शर्माले लायन्सको मूल मन्त्र “We Serve” लाई व्यवहारमा लागू गर्दै सेवा कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने धारणा राखे। उनले उम्मेदवारको सक्रियता र समर्पण प्रशंसनीय रहेको उल्लेख गरे। पूर्व गभर्नर भिमलाल पौड्यालले सदस्य विस्तार, युवा सहभागिता र टिमवर्कलाई प्राथमिकता दिनुपर्ने सुझाव दिँदै डिष्ट्रिक्टलाई नमुना डिष्ट्रिक्ट बनाउने विश्वास व्यक्त गरे।

हालका डिष्ट्रिक्ट गभर्नर धनिराम बरालले संगठनको एकता, सहकार्य र प्रभावकारी समन्वयका लागि सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारलाई पूर्ण समर्थन रहने बताए। निवर्तमान डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै नवीन योजना र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

इन्डोर्समेन्ट ग्रहण गर्दै उम्मेदवार रत्न पराजुलीले सम्पूर्ण अग्रज, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै डिष्ट्रिक्ट 325 एम नेपाललाई उत्कृष्ट, पारदर्शी र परिणाममुखी डिष्ट्रिक्ट बनाउने प्रतिबद्धता जनाए। उनले सेवा, समन्वय, उत्तरदायित्व र युवा नेतृत्व विकासलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने बताए।

कार्यक्रम उत्साह, एकता र प्रतिबद्धताका साथ सम्पन्न भएको थियो। उपस्थित सबैले आगामी निर्वाचन प्रक्रियामा उम्मेदवारको सफलताको शुभकामना व्यक्त गरेका थिए।

You might also like

Comments are closed.