लायन्स कन्भेन्सनले पोखरामा पर्यटकीय गतिविधि बढ्ने विश्वास

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले नवौं कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । आगामी चैत १४ गते सुन्दर नगरी पोखरामा हुने कन्भेन्सनको तयारीका क्रममा सोमबार सचिवालय उद्घाटन गरिएको छ ।

पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा स्थापना गरिएको सचिवालयको डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै गभर्नर रोकाले सुन्दर नगरी पोखरामा हुने नवौं कन्भेन्सनमा ३ हजार भन्दा बढी लायन्सहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

कन्भेन्सनको होस्ट लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले गर्दैछ । कन्भेन्सनको तयारीका क्रममा प्रि–रजिष्टेसन गर्ने काम भइरहेको कन्भेनर शिवराज आचार्यले जानकारी दिए । चैत ५ गतेसम्म प्रिरजिष्टेसन गरी कार्यक्रम व्यवस्थित गर्न सहयोग पुर्याउन उनले सम्पूर्ण क्लबहरुलाई आह्वान गरेका छन् ।

jutta mela

‘कन्भेन्सन सफल बनाउन विभिन्न उपसमितिहरु बनाएर तयारीलाई तिब्र बनाएका छौं,’ उनले भने । प्रि-रजिष्टेसन गर्ने क्लबलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको होस्ट क्लबका अध्यक्ष विजय पहारीले जानकारी दिए ।

कोरोना महामारी पछिको विषम परिस्थितिमा पोखरामा हुने लायन्सको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ । ‘३ हजार भन्दा बढी लायन्स सदस्यहरु राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट पोखरामा एकैपटक आउँदा यहाँको पर्यटनले गति लिने हामीले विश्वास लिएका छौं,’ कन्भेनर आचार्यले भने ।

You might also like

Comments are closed.