लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५जे नेपालको चौथो कन्भेन्सनबाट प्रजापति बास्तोला गभर्नरमा निर्वाचित

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५जे नेपालको चौथो डिस्ट्रिक्ट कन्भेन्सन पोखरामा सम्पन्न भएको छ। शनिबार सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै प्रजापति बास्तोलालाई आगामी लायन वर्षका २०२६र२७ लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित गरेको छ।

त्यसैगरी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन्।
गभर्नर इलेक्ट बास्तोलाले क्याबिनेट सचिवमा जीवन गोर्खालीलाई मनोनित गरेका छन् भने कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद पराजुलीलाई जिम्मेवारी दिइएको छ।

साथै, डिस्ट्रिक्ट प्रमुख सल्लाहकारमा राजु श्रेष्ठ चयन भएका छन्। लायन्स अन्तर्राष्ट्रिय निर्देशक पंकज मेहताको प्रमुख आतिथतामा कार्यक्रम भएको हो ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा सम्पन्न उक्त कार्यक्रम संयोजक सूर्य प्रसाद बरालको संयोजनमा सम्पन्न भएको थियो। उक्त अवसरमा बोल्दै मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्त्वपूर्ण रहेको बताइन् ।

कार्यक्रमको व्यवस्थापन पिडिजी ध्रुब श्रेष्ठको नेतृत्वमा गरिएको थियो। पर्यटनको राजधानी शहर पोखरामा कन्भेन्सन गर्न पाउँदा खुसी लागेको बताउँदै पिडिजी श्रेष्ठले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे ।

नवनिर्वाचित गभर्नर प्रजापति बास्तोलाले आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

You might also like

Comments are closed.