लायन वर्ष २०२५/२६ का लागि काउन्सिल चेयरपर्सन थापासहित १५ जना गभर्नरको कार्यकाल सुरु

काठमाडौं । लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालको काउन्सिल चियरपर्सनमा निर्वाचित मिलन थापाको कार्यकाल जुलाई १ बाट सुरु भएको छ । थापासँगै मल्पिटल अन्तर्गतका १५ वडा डिष्ट्रिक्ट गभर्नरको कार्यकाल पनि सुरु भएको छ ।

उनीहरुको कार्यकाल आगामी जुन अन्तिमसम्म अर्थात एक वर्ष रहनेछ ।

नेपालभर रहेका लायन सदस्यहरु र लायन्स क्लबहरु १५ वटा डिष्ट्रिक्टमा विभाजित छन् ।

कार्यकालको सुरुवात गर्ने मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाले नेपालभरिका सम्पूर्ण लायन सदस्यहरूलाई शुभकामना दिँदै आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारिता र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपालमा लायन्सका डिष्ट्रिक्ट गभर्नरहरुः

लायन बवर जंग थापा
लायन महेश आचार्य
लायन हिरा प्रसाद गुप्ता
लायन केशर बहादुर भण्डारी
लायन विधान जोशी
लायन रबिन्द्र बहादुर प्रधान
लायन पार्वती खरेल पाण्डे
लायन मिलन बाबु मल्ल
लायन दुर्गा प्रसाद हुमागाई
लायन एक नारायण शर्मा
लायन धनीराम बराल
लायन जानेन्द्र प्रसाद श्रेष्ठ
लायन वालाराम भट्टराई
लायन नवराज सापकोटा
लायन विनय बस्नेत

You might also like
Ram Tulasi Palpa

Comments are closed.