लायन वर्षको पहिलो दिन पोखरामा रक्तदान कार्यक्रम

पोखरा । पोखरामा ३ वटा लायन्स क्लबले संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका छन् । लायन्स क्लब अफ पोखरा संगम, पोखरा हेभन र पोखरा किरणले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको बताइको छ ।

कार्यक्रममा बोल्दै पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, विशेष अतिथि डिष्ट्रिक्ट पिआरओ इन चिफ टीकाराम सापकोटा लगायतले नयाँ लायन वर्ष सुरुवातको पहिलो दिन ३ वटा क्लबले रक्तदान आयोजना गरी राम्रो काम गर्न सफल भएको बताए । सामाजिक क्षेत्रमा लायन्सको योगदान उल्लेखनीय रहेको उनीहरुको भनाइ छ ।

रक्तदाता सम्पूर्णलाई लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष कोपिला श्रेष्ठ, पोखरा किरणका अध्यक्ष रोशनी छिनाल, पोखरा हेभनका अध्यक्ष शेषकान्त शर्माले आभार व्यक्त गरेका छन् ।

लायन वर्षको पहिलो दिन रक्तदान जस्तो पवित्र कार्य गरी कार्यकाल सुरु गर्न पाउँदा खुसी लागेको उनीहरुले बताए ।

 

You might also like

Comments are closed.