काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाटलायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदको लागि पूर्व गभर्नर ध्रुवबहादुर थापाले मनोनयन दर्ता गरेका छन् । उनी लायन्सका पूर्व गभर्नर हुन् ।
त्यसैगरी ‘लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट जे’ नेपालको गभर्नर पदका लागि मिलनबाबु मल्लले मनोनयन दर्ता गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मल्लले मनोनयन दर्ता गरेका हुन् ।
हाल डिष्ट्रिक्टको गभर्नरमा मिलन थापा छन् । वर्तमान कार्यकालमा मल्लले प्रथम भाइस गभर्नर भएर कार्य गरिरहेका छन् । मल्ल आगामी लायन वर्ष गभर्नर बनेर कार्यसम्पादन गर्नेछन् ।
मल्लसँगै फस्ट भाइस गभर्नरमा प्रजापती बास्तोलाले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै सेकेण्ड भाइस गभर्नरमा कुशप्रसाद मल्लीले मनोनयन दर्ता गरेका हुन् ।
डिष्ट्रिक्टको कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौं राष्ट्रिय सभागृहमा हुँदैछ ।
Comments are closed.