काठमाडौं । विद्युतीय सवारी साधनको क्षेत्रमा तीव्र गतिमा उदीयमान चिनियाँ अटोमोबाइल ब्रान्ड लिपमोटरले सन् २०२६ को सेप्टेम्बरमा नयाँ र कीर्तिमानी सफलता हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार सेप्टेम्बरमा मात्रै विश्वबजारमा १ लाख ५ हहजार ६५६ वटा सवारी साधनहरूको डेलिभरी गरिएको छ ।
लिपमोटरले लगातार तेस्रो महिना १ लाखभन्दा बढी युनिट बिक्रीको आँकडा पार गर्दै ग्लोबल अटो बजारमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ । घरेलु बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पनि कम्पनीको पहुँच तीव्र रूपमा फैलिएको यस तथ्यांकले स्पष्ट पार्छ । साथै विश्वभरका विभिन्न देशहरूमा २७ हजार भन्दा बढी सवारी साधनहरू निर्यात गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२६ को तेस्रो त्रैमासिकमा कम्पनीले कुल ३ लाख १० हजारभन्दा बढी सवारी साधन बिक्री गरेको छ । ‘ए लिप फर्वर्ड, अराउन्ड द वल्र्ड’ कर्पोरेट नाराका साथ अगाडि बढिरहेको लिपमोटरले उत्कृष्ट डिजाइन, आधुनिक फिचरयुक्त ईभीहरू र किफायती कार्यसम्पादनका कारण विश्वव्यापी उपभोक्ताहरूको मन जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागसँगै कम्पनीले आगामी दिनहरूमा आफ्नो वैश्विक सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।





Comments are closed.