बालबालिकालाई पोषणयुक्त खाना ‘लिटो’ वितरण

 

बाँके । मधुवन नगरपालिकाका सबै बालबालिकालाई पोषणयुक्त खाना ‘लिटो’ वितरण गरिएको छ । कोरोना सङ्क्रमणका कारण बालबालिकाका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको छ । बालबालिकामा अन्य स्वास्थ्य समस्या नआओस् भन्ने उद्देश्यले लिटो वितरण गरिएको हो ।

मधुवन नगरपालिका क्षेत्रमा रहेका ६ देखि २३ महिना सम्मका एक हजार ८०० बालबालिकाको पोषण सुधारका लागि पोषणयुक्त खाना तथा अन्य नागरिकलाई मास्क तथा साबुन वितरण गरिएको कालिका स्वाबलम्वन सामाजिक केन्द्र तौलिहवाका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी दिए ।

मधुवन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर विश्वकर्माले कोभिड–१९ को महामारी समयमा हजार दिने आमा बच्चाका लागि सहयोग गरिएको बताए । उनले कोभिडका कारण समस्यामा परेका नागरिक तथा बालबालिकालाई निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सबैसँग अपिलसमेत गरे ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.