लिटल बुद्धज एकेडेमीको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं स्वयम्भु डल्लुमा सञ्चालित लिटल बुद्धज एकेडेमी माविको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

संस्थापक प्रिन्सिपल तथा नेशनल प्याब्सन बागमती प्रदेश अध्यक्षसमेत रहेका नारायणकुमार कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
नेशनल प्याब्सन केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विश्व विख्यात चिन्तक डा. गुरु चिन्तामणि योगीले उत्प्रेरणामुलक मन्तव्य राखेका थिए । मोबाइलको सही सदुपयोग नहुनाले घरघरको शैक्षिक वातावरणमा ठूलो असर परेकाले मोबाइल प्रयोगमा सुधार गर्नुपर्ने र प्रविधिको सदुपयोग गर्नुपर्ने उनले बताए ।

jutta mela

‘विद्यार्थीको पहिलो पाठशाला घर र पहिलो शिक्षिका आमा हुने भएकाले एउटा असल आमाले मात्रै सही संस्कार दिदै असल नागरिक उत्पादन गर्न सक्नुहुन्छ,’ उनले भने ।

प्रमुख अतिथि न्यौपानेले हरेक बच्चा जन्मजात एउटा भाग्य र क्षमता लिएर जन्मने भएकाले त्यसको पहिचान अभिभावक र शिक्षक दुवै मिलेर गर्नुपर्ने बताए । ‘संस्कार र शिक्षा दुवैले हरेक बाबु नानीको जीवन साकार हुन सक्छ त्यसतर्फ विद्यालयले पनि ध्यान र चासो दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपिल नारायणकुमार कार्कीले लिटल बुद्धज एकेडेमी २६ वर्षदेखि नियमित सञ्चालन हुने क्रममा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि निपुण रहेको बताए । ‘विद्यार्थीको जीवन जिउने कलाको श्रीबृद्धिको लागि विद्यालय परिवार अहोरात्र दत्तचित्त भएर खटिएको छ,’ उनले भने ।

 

उक्त अवसरमा विद्यालयको वार्षिक पुरस्कार वितरण, शिक्षक कर्मचारी सम्मान एवं एसइई दिन लागेका विद्यार्थीलाई विदाई कार्यक्रम गरेको थियो ।

You might also like

Comments are closed.