पोखरा । विगत ४० वर्षदेखि पोखरा–८, सिमलचौरमा सञ्चालित लिटिल स्टेप माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम गरेको छ ।
संस्थाका संस्थापक प्राचार्य पम्फा गुरुङको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष शेरबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
संस्थाका सल्लाहकार समितिका सदस्य भीमनाथ बराल र संस्थाका कार्यकारी निर्देशक राज कुमार गुरुङको विशेष उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका संचालन प्रमुख अच्युत पौडेलले राखेका थिए । विद्यार्थी, अभिभावक, शिक्षकहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम भएको हो । कक्षा १२ का छात्र छात्राहरुबाट एकल र सामूहिक नृत्य तथा गायन पस्तुत भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष गुरुङले विद्यालयको स्थापनाकालदेखि हालसम्मको गतिविधिबारे प्रकाश पारेका थिए । सभाध्यक्ष पम्फा गुरुङले सम्पूर्णलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Comments are closed.