चार दशकको अनुभव संगालेको ‘लिटिल स्टेप सेकेन्डरी स्कुल’

शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरुको पहलमा करिव ४ दशक अगाडि पोखराको सिमलचौरमा स्थापना भएको विद्यालय हो लिटिल स्टेप सेकेन्डरी स्कुल । शिक्षा, बैकिङ, व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा लामो अनुभव सँगालेका व्यक्तिहरुको विद्यालयमा आवद्धता छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वार अध्यापन गरिने यस विद्यालयमा पारिवारिक तथा विद्यार्थी मैत्री वातावरण सृजना गरिएको छ ।

विद्यालयले विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सीमित नराखी विभिन्न गतिविधीमा संलग्न गराउँदै आएको छ । जसले विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान तथा प्रस्फुटन हुने गरेका छन् । अध्ययन अध्यापनका क्रममा विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग हुने गरेका छन् । सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि संचालन हुन्छन् । विद्यार्थीलाई कितावी ज्ञान मात्र प्रदान नगरि व्यवहारिक ज्ञान तथा सिपसमेत प्रदान गरिन्छ ।

स्कुलले विद्यालय तहसँगै प्लस टु तथा कलेज पनि संचालन गरेको छ । विद्यालय करिव ४० वर्ष पहिले स्थापना भएको हो भने कलेज १० वर्ष पहिलेदेखि संचालन भएको हो ।

प्लस टु तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट पढाई हुन्छ । SEE को रिजल्ट आएसँगै कलेजले भर्नाको लागि सूचना जारी गरेको छ । प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरिने यस विद्यालयमा साउन १९ गते प्रवेश परीक्षाको मिति तोकिएको छ ।

विद्यालय केही महिना पहिलेदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको हो । विद्यालयको कार्यकारी निर्देशक राजकुमार गुरुङ हुन् । उनी पोखरा फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । अध्यक्षको जिम्मेवारी संस्थापक समेत रहेका शेरबहादुर गुरुङले सम्हाल्दै आएका छन् ।

सोही समूहले पोखरा लिंकन कलेजपनि संचालनमा ल्याएको छ । कलेजमा बिएचएम र बिबिएको पढाई हुन्छ । कलेजले एमबिएको कक्षा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।  लिंकन युनिभर्सिटी मलेसियासँग सम्वन्धन लिएर कलेज संचालन गरिएको हो ।

You might also like

Comments are closed.