चितवनका यी क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ यस्तो छ तालिका…

काठमाडौं ।चितवनका केही क्षेत्रमा (आइतबार) आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरण अन्तर्गत चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् मागका कारण दैनिक ६ घण्टा लोडसेडिङ गर्ने  जानकारी गराएको हो ।

अत्यधिक गर्मी, सिँचाइका कारण विद्युत् माग अत्यधिक बढ्नु र आकाशे पानी नपर्नुले लोड व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय गरिएको हो । प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट ३३ केभी डग कन्डक्टरमार्फत वितरण हुने लाइनले अधिकतम ३०० एम्पिएर लोड मात्र सहनसक्ने क्षमता राख्छ। तर हाल सोही लाइनमा ४५० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह भइरहेकाले प्रणालीमा अत्यधिक दबाव परेको छ।

यस समस्याको दीर्घकालीन समाधानका लागि बसेनी सब स्टेशनमार्फत नयाँ ३३ केभी प्रसारण लाइन निर्माणको काम अघि बढाइएको छ। तर हालको माग व्यवस्थापनका लागि केही दिनका लागि लोडसेडिङ तालिका लागू गरिएको हो । प्राधिकरणले उपभोक्ताहरूलाई लोडसेडिङ अवधिमा आवश्यक तयारी गर्न आग्रह गर्दै असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।

यस्तो छ लोडसेडिङ तालिका 
१. नारायणी–माडी फिडरहरू

बिहान ६:०० बजे देखि ९:०० बजे सम्म

दिउँसो ३:०० बजे देखि ६:०० बजे सम्म

२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू

बिहान ९:०० बजे देखि १२:०० बजे सम्म

बेलुका ६:०० बजे देखि ९:०० बजे सम्म

३. जगतपुर–रामपुर फिडरहरू

दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म

राति ९:०० बजे देखि १२:०० बजे सम्म

You might also like

Comments are closed.