आवतजावतमा कडाई, अत्यावश्यक काममा निस्कदा २ व्यक्तिबीच २ मिटर दुरी

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै निशेधाज्ञालाई प्रशासनले थप कडाई गरेको छ । आज बुधबारबाट लागु हुने गरी काठमाडौं उपत्यकामा निशेज्ञालाई कडाई गरिएको हो ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

You might also like

Comments are closed.