लोकप्रिय हुँदै लोकोन्याभ, यस्ता छन् पाँच विशेष फाइदा

काठमाडौं । नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लीटहरुको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसंग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदोे सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर ल्याएको छ ।

सवारी साधनको उत्पादकता बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुने गर्दछ । ग्राहकहरुको यही आवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ, नेपाली बजारलाई किफायती सवारी साधन ट्रयाकिङ एंड फ्लीट म्यानेजमेन्ट सफ्टवेर साबित हुने सम्भावना छ । जीपीएस प्रविधि बाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लीट संचालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरुले तुरुन्तै पाउन सक्नेछन् । त्यसैले छोटो समयमानै लोकोन्याभ अटोमोबाइल बजारमा चर्चित हुँदैछ ।

लोकोन्याभको लागि सिप्रदीको तर्फबाट रजिया श्रेष्ठका अनुसार, “लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ । लोकोन्याभको बिक्रि सुरु गरेको पाँच महिनामा नै यो सफ्टवेरले ग्राहकहरुको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ । अहिले लोकोन्याभका प्रयोगकर्ताहरुबाट ५ प्रमुख फाइदाहरुको प्रकिया आइरहेको छ ।

jutta mela

सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लीटको उत्पादकतामा सुधार भइरहेको छ । सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लीट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रीपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रीपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याउछ । आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालक माथि फ्लीट म्यनाजेरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्याउने गर्दछ । त्यसैले ट्रीप म्यनाजेमेंटका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता भएको प्रक्रिया आइरहेको छ ।

आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लीट म्यनाजेर दुवैका लागि चुनौतिपूर्ण कार्य हो । त्यसैले सवारी साधनको सुरक्षाको लागि लोकोन्याभमा इममोविलाईजेसन फिचर लोकप्रिय हुँदैै गईरहेको छ । यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सक्नेछन् , जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गर्नुभईरहेको छ । अझै यो फिचरको सबैभन्दा फाइदा बैंक तथा वित्तिय संस्थाहरुले ऋणमा दिईएको सवारी साधन ट्र«याक गरी पत्ता लगाउन प्रयोगगरिरहेका छन्  ।

लोकोन्याभबाट चालक व्यवहार अनुगमन गर्न सकिन्छ । गाडी लापरवाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठुलो लागत लाग्न सक्छ । त्यसैले लोकोन्याभको सिस्टम मार्फत फ्लीट म्यानाजेरहरुले चालकहरुको ब्रेकिङ शैली, एक्सेलेरेशन, रफ्तार, कर्नेरिंग जस्ता तथ्यांकहरु प्राप्त गर्न सक्नेछन् । यस जानकारीले चालकहरुलाई क्षति अगाडी नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ । विद्यालयहरुले पनि स्कूल बस प्रयोग गर्ने आमाबाबुहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वासन लोकोन्याव को प्रयोगले दिईराखेका छन् ।

लोकोन्याभ अहिले गाडी व्यवस्थापनको लागि कुशल साथीको रुपमा प्रयोग भईरहेको छ । उचित प्रविधिबिना फ्लीटको व्यवस्थापन गर्नु भनेको एकदम गाह्रो र तनाबपूर्ण काम हो जसले समय, ऊर्जा र पैसा सबै खर्च हुने गर्छ । अझै लजिस्टिक र डेलिवेरी कम्पनीहरुमा यसको महत्व अझै बढी रहेको हुन्छ । लोकोन्याभको फ्लीट म्यानेजमेन्ट सिस्टमले सञ्चालन टिमलाई ट्रिपहरु सजिलै तोक्न र ट्र«याक गर्न सक्ने बनाईदिन्छ । आफ्ना ग्राहकहरुलाई समेत सामान कहाँ आइपुग्यो भनेर ट्र«याक गर्ने विकल्प दिन्छ । जसले गर्दा डेलिवेरी कम्पनीका ग्राहकहरुमा विश्वसनीयता कायम गर्न सहज भइरहेको छ ।

लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गर्दै आएको छ व्यापारिक निर्णयहरुमा विशेष भूमिका निर्बाह गर्दै आइरहेको छ । ग्राहकहरुलाई आवश्यकता अनुसारको आउने रिपोर्टले कम्पनिको फ्लीट व्यवस्थापनको समग्र दृश्य एकैसाथ हेर्न सकिन्छ ।” नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरु ले भरोसा गरिरहेको यस लोकोन्याभ बाट पाईरहेको विश्लेषणात्मक समाधानले एकदम सन्तुष्ट छन् ।

लोकोन्याभ बारेमा थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर NTC भएमा १६६००१५५७७७ वा ल्अभिि भएमा ९८०१५७५७७७ वा लोकोन्याभको वेबसाइट http://loconav.sipradi.com.npमा गएर हेर्न सक्नेछन् ।

You might also like

Comments are closed.