एलपी ग्यास उद्योग संघको अध्यक्षमा मल्ली

काठमाडौं । नेपालमा रहेका एलपी ग्यास  उद्योगीहरुको छाता संस्था नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली निर्वाचित भएका छन् ।

बुधबार र बिहीबार सम्पन्न संघको २६औं साधारणसभा तथा १०औं अधिवेशनबाट मल्ली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । संघको बर्तमान कार्यसमितिमा उनले वरिष्ठ उपाध्यक्ष भएर काम गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ, उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास, महासचिवमा कृष्णभक्त श्रेष्ठ, सचिवमा आशिष जाजोदिया र कोषाध्यक्षमा धर्मराज बर्तौला निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, अच्यूत नेपाल, सुनिल सिन्हा, युवक राजभण्डारी, मनोज बुढाथोकी, सुदीप घिमिरे र राजकुमार सिन्धी निर्वाचित भएका छन् । संघको विशिष्ट सदस्यमा बुद्धिराज डल्लाकोटी चयन भएका छन् ।

jutta mela

सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । यस अघि बुधबार साधारणसभा तथा अधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए ।

You might also like

Comments are closed.