नेपालमा तत्काल ग्याँस खपत कम हुने अवस्था छैनः अध्यक्ष मल्ली

काठमाडौं । नेपाल एल.पि. ग्याँस उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले नेपालमा तत्काल ग्याँस खपत कम हुने अवस्था नरहेको बताएका छन् । संघको २२औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लीले एल.पि. ग्याँसलाई निरुत्साहित गर्ने सरकारी नीति कयौं वर्ष कार्यान्वयन हुन नसक्ने बताए ।

विकसित देशमा समेत ग्यासको प्रयोग अत्याधिक रहेको स्मरण गर्दै उनले नेपालमा ग्याँसको प्रयोग अनिवार्य आवश्यकता रहेकोमा जोड दिए । ‘सरकारले पछिल्लो समय विद्युत खपत बढाएर एलपी ग्यासलाई निरुत्साहित गर्ने नीति लिएको छ,’ उनले भने, ‘सरकारको उक्त नीति नेपालको हकमा तत्काल लागू हुन सक्दैन ।’

नेपालमा तत्काल ग्याँस खपत कम गर्न सक्ने अवस्था नरहेको बताउँदै मल्लीले उपभोक्तालाई अलमलाउने काम सरकारले गर्न नहुने बताए । ग्याँस उद्योगीहरुले विभिन्न समस्या भोग्दै आइरहेको बताउँदै उनले उद्योगीहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा संघले स्थापना दिवस मनाएको हो ।

You might also like

Comments are closed.