एल.पि. ग्याँसका देशभरका उपभोक्तालाई २०% छुटको व्यवस्था गर्न संघको माग

काठमाडौं । नेपाल एल.पि. ग्याँस उद्योग संघले देशभरका सम्पूर्ण उपभोक्तालाई एल.पि. ग्याँसमा २० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा एसटिसी ब्राण्डको ग्याँसमा मात्रै छुटको व्यवस्था गरिएको भन्दै संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एल.पि. ग्याँसका उपभोक्तालाई २० प्रतिशत छुटको व्यवस्था गरिनु राम्रो भएको भन्दै संघले एउटा ब्राण्डका उपभोक्तालाई मात्रै छुट दिदा अन्य ब्राण्डका उपभोक्ता, उद्योगी तथा व्यवसायीहरुप्रति राज्यले अन्याय गरेको संघको ठहर छ । साल्ट ट्रेडिङ कर्पोरेसनको उत्पादन एसटिसी ब्राण्डको ग्याँस काठमाडौं उपत्यकामा मात्रै बिक्री हुन्छ । नेपालका सम्पूर्ण उपभोक्ता संख्याको १ प्रतिशत उपभोक्तामा मात्र पहुँच भएको ब्राण्डलाई मात्रै छुट दिइएको भन्दै संघले विरोध गरेको छ ।

‘कोरोनाबाट आर्थिक र गम्भिर स्वास्थ्य अवस्थाबाट पीडित मुलुकका ९९ प्रतिशत एल.पि. ग्याँसका उपभोक्ताहरु यस व्यवस्थाबाट विभेदमा परेको महसुस भएको र मुलुकका सम्पूर्ण क्षेत्रका उपभोक्ताहरुबाट सो छुट सुविधा माग भएको हुँदा तत्काल सो सुविधा सम्पूर्ण उपभोक्ताहरुलाई समेत उपलब्ध हुने व्यवस्थाको लागि नेपाल सरकारका सम्बन्धित निकायसँग अनुरोध गरिन्छ,’ संघका महासचिव दिवान चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

jutta mela

हाल देशमा एल.पि. ग्याँसका उद्योगहरु ५८ वटा छन् । काठमाडौं उपत्यकामा मात्रै ३२ वटा उद्योगले आफ्ना उत्पादन बिक्री वितरण गर्दै आइरहेका छन् ।

You might also like

Comments are closed.