लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय “नेपाल चार्टड एकाउन्टेन्ट संस्था” (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैकंलाई दिएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विबरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

लुम्बिनी विकास बैंकले सदैब कटिबद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफुलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ ।

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

You might also like

Comments are closed.