लुम्बिनी जनरल इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १८औं वार्षिक साधारणसभा  सम्पन्न भएकाे छ ।

बिहीबार सम्पन्न लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभामा कम्पनी गाभिएपछिको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र यस कम्पनीको सेयर आदान–प्रदान १०० अनुपात ८० हुने गरी स्वाप रेसियो कायम गर्ने बताइएको छ ।

वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जर सम्बन्धमा भएका सहमति, सम्झौता र कम्पनी मर्जरपछिको अवस्थाका बारेमा सेयरधनीलाई बिस्तृत रुपमा जानकारी दिए ।

jutta mela

त्यस्तै, मर्जर भएपछि कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको जनाइएको छ ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९ / ०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीलाई कर प्रयोजनको लागि ०.३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले बताएको छ ।

You might also like

Comments are closed.