काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट कार्यक्रम आयोजना गर्ने भएको छ ।
जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ । कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।
कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन् । तीमध्ये एक जना खेलाडीलाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोलीमा राखिने लुम्बिनी लायन्सले जनाएको छ । छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् ।
लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ । यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल ९क्यान० का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।








Comments are closed.