मल्टिनेशनल ब्राण्ड ‘म्याक कफी’को बिक्री नेपाली बजारमा वर्षेनी उकालो

काठमाडौं । मल्टिनेशनल ब्राण्ड म्याक कफीको बिक्री नेपालमा वर्षेनी बढिरहेको छ । ८० भन्दा बढी देशमा बजार विस्तार भएको म्याक कफी नेपालमा सन् २००८ देखि बिक्री भइरहेको छ । नेपालमा प्रत्येक वर्ष म्याक कफीको बिक्री बढ्दै गएको कन्ट्रि म्यानेजर रामकृष्ण अधिकारीले जानकारी दिए ।

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बिक्री बढेको अधिकारीले जानकारी दिए । ‘कोरोना महामारी र लकडाउनका बीच पनि म्याक कफीको बिक्री बढिरहेको छ,’ उनले भने । नेपालको बजारमा म्याक कफीले ३० प्रतिशत बजार ओगट्न सफल भएको अधिकारीले बताए ।

६० वटा डिलर मार्फत देशभरका बजारमा कफी उपलब्ध रहेको उनले जानकारी दिए । ‘देशभरका सुपरमार्केट लगायत मोर्डन ट्रेडमा म्याक कफी उपलब्ध छ,’ उनले भने । अन्य ब्राण्ड भन्दा धेरै रेन्जमा म्याक कफी उपलब्ध रहेको उनले बताए ।

MANASLU

म्याक कफी सिंगापुरको ब्राण्ड हो । नेपालमा मलेसियाको फ्याक्ट्रीबाट आयात हुन्छ । म्याक कफीको फ्याक्ट्री १० वटा देशमा छन् । ‘रसियन कन्ट्रीमा यो कफी बढी बिक्री हुन्छ । रुसमा ९० प्रतिशत बजार यही कफीले ओगटेको छ,’ अधिकारीले भने, ‘अन्य देशमा पनि लोकप्रिय यो ब्राण्डको वर्षेनी संसारभर बिक्री बढिरहेको छ ।’ म्याक कफीको कम्पनी वर्षेनी डबल डिजिट ग्रोथमा छ ।

म्याक कफी ‘थ्रि इन वान रेन्ज’, ‘ब्ल्याक कफी रेन्ज’, ‘टि रेन्ज’, ‘ब्रेक फास्ट रेन्ज’ मा बजारमा उपलब्ध छ । १२ ग्रामदेखि ४ सय ग्रामसम्मको प्याकमा कफी उपलब्ध छ । अन्य ब्राण्ड भन्दा बढी रेन्जमा कफी उपलब्ध रहेको अधिकारीले बताए । थ्रि इन वान रेन्जमा म्याक कफीले विशेष पहिचान बनाएको छ । ब्ल्याक कफीमा अन्य भन्दा स्ट्रोङ रहेको उनले बताए । म्याक कफीको सुरुवाती मुल्य १२ रुपैयाँदेखि उपलब्ध छ । क्वालिटीमा अहिलेसम्म कसैको गुनासो नआएको अधिकारीले बताए । नेपाली बजारमा म्याक कफी आगामी दिनमा अझै बढी बिक्री र लोकप्रिय हुनेमा आफूहरु विश्वस्त रहेको अधिकारीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...