शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्छः कँडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री माधवप्रसाद कँडेलले शिक्षा र स्वास्थ्य सेवालाई राज्यले निःशुल्क गर्नुपर्ने बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका कँडेलले शिक्षा र स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्दै विस्तारै निःशुल्क गर्नुपर्ने धारणा राखे ।

jutta mela

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै कँडेलले आफ्नो पार्टीको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र रहेको पनि स्पष्ट पारे । आफू लामो समयसम्म शिक्षण पेशमा आबद्ध रहेर धेरै विद्यार्थीको भविष्य निर्माणमा योगदान गरेको बताउँदै उनले अब देश र जनताको भविष्य निर्माणको सारथी बन्ने सोचसहित राजनीतिमा लागेको बताए ।

जनताको भावना अनुसार काम गर्ने गरी आफ्नो पार्टीले चुनावी प्रतिबद्धता गरेको र ती प्रतिबद्धता पुरा गर्ने पनि उनको भनाइ छ ।

You might also like

Comments are closed.