तिहारको शुभकामना आदानप्रदान गर्दै जनताको घरघरमा उम्मेदवार कँडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका माधवप्रसाद कँडेल तिहारको शुभकामना आदानप्रदान गर्दै जनताको घर दैलोमा पुगेका छन् । यसैक्रममा उनले सोमबार पोखरा १७ का विभिन्न ठाउँमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए ।

पोखरा १७ मा घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता देखिएको बताउँदै कँडेलले सम्पूर्ण शुभेच्छुक एवं शुभचिन्तकहरुमा आभार व्यक्त गरेका छन् । पुराना दलहरुबाट अपेक्षा अनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनताबाट प्राप्त भएको कँडेलले जानकारी दिए । ‘जनताको माया हामीलाई प्राप्त भएको छ,’ उनले भने, ‘पोखरा १७ मा जस्तै अन्य वडामा पनि जनताको उत्साहजनक साथले हामी उत्साही भएका छौं ।’

jutta mela

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कास्की क्षेत्र नं. २ मा दिनप्रतिदिन आकर्षण बढिरहेको निर्वाचन परिचालन समितिका संयोजक विकास भुर्तेलले बताए ।

मंसिर ४ गते परिवर्तनको पक्षमा जनताले मत जाहेर गर्ने विश्वास व्यक्त गर्दै भुर्तेलले आफ्नो पार्टीले सार्वजनिक गरेका चुनावी प्रतिबद्धता पुरा गर्ने धारणा राखे ।

You might also like

Comments are closed.