मध्यविन्दु–६ को स्वास्थ्य र वडा कार्यालय भवन निर्माण सम्पन्न, जग्गादाता सम्मानित

काठमाडौं– नवलपरासी (बस.सु.पु) मध्यविन्दु नगरपालिका वडा नं. ६ मा आधारभुत स्वास्थ्य केन्द्र र वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । २०७८ वैशाख १ गते शिलान्यास भएका भवन २०७९ पौषमा निर्माण सम्पन्न भएका हुन् । भवनको गत बुधवार औपचारिक उद्घाटन समेत गरिएको छ ।

भवनको उद्घाटन मध्यविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारीले उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा उपमेयर ओमकुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत , वडा नं ६ का अध्यक्ष लाभप्रसाद पाठक, वडा सदस्यहरू, पूर्व वडा अध्यक्ष सूर्यप्रसाद न्यौपाने, स्वास्थ्य केन्द्र प्रमुख सिता रायमाझी, स्वास्थ्यकर्मी र वडाका कर्मचारी तथा त्यस क्षेत्रका स्थानीयको उपस्थिति थियो ।

समारोहमा जग्गा दाता परिवारलाई सम्मानित गरिएको थियो । समारोहामा दाताका तर्फबाट प्रशान्तध्वज जोशी, सनोजध्वज जोशी र प्रिती जोशी को उपस्थिती रहेको थियो । उनीहरूले २ कठ्ठा १४ घुर जग्गा उपलब्ध गराएका थिए ।

You might also like

Comments are closed.