दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा गुडिया र सजावटका सामान बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया र सजावटका सामान बनाउने तालिम गाउँपालिकाको वडा नं. ४ र ५ मा संचालन भएको हो ।
विधाता हस्ताकला प्रशिक्षण केन्द्र अमरसिंहचोक पोखराको व्यवस्थापनमा तालिम भएको मुख्य प्रशिक्षक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन् । १० दिनसम्म चलेको तालिमबाट स्थानीय ४० जना महिलाहरु लाभान्वित भएका छन् ।
शनिबार एक कार्यक्रमबीच तालिमको समापन भएको छ । गाउँपालिकाका अध्यक्ष माया रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिमबाट सिकेको सिपलाई ब्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउन सक्नुपर्नेमा उनले जोड दिइन् ।
हस्तकलाका सामानहरुको माग बजारमा उच्च रहेको सन्दर्भमा आयोजित तालिमबााट लाभान्वित भएका महिलाले सिपलाई सदुपयोग गरी आयआर्जन गर्न सक्षम बनेको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने बताए ।
Comments are closed.