काठमाडौं – वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारलाई अविश्वास गरेको संकेत गरेकाछन्। अनुसन्धान, अन्वेषण र नवप्रवद्र्धनलाई सडक आन्दालनबाट दवाव बढाउँदै लगेका उनले सरकारले अगाडि सारेका वार्ता टोली प्रति शंका गरेका हुन् । केही दिन यता माइतीघरबाट देशव्यापी आन्दोलनको आग्रह सहत धर्नामा रहका उनीसँग आइतवार सरकारी टोलीले वार्ता गरेको थियो ।
आइतवार साँझ ५ः३० देखि राति ९ बजेसम्म सिंहदरबारमा वार्ता भएको वार्ता विना निश्कर्ष टुंगिएको थियो । वार्ता पछि उनले भनेका थिए, ‘ आज ५स्३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३स्३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा मिलेको छैन। आन्दोलन जारी हुनेछ ।’
सोमवार पुनले वार्तामा दूरदृष्टि भएका व्यक्तिहरु हुनुपर्ने भन्दै सरकारी वार्ता टोलीप्रति प्रश्न खडा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा अहिले लेख्दै उनले ‘नियम कानून केलाएर कुरा गर्ने वार्ताकारहरुसँग मात्र कुरा गर्दा वार्ता सफल हुँदै हुँदैन । किनभने उनीहरुले आफ्नो अधिकार भन्दा बाहिरको काम गर्न सक्दैनन् । कुरा बुझ्नु भयो ?’
हिजो दिउँसो सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच भएको छलफलपछि वार्ताका लागि सहमति भएको थियो ।
यसले उनी सरकारी वार्ता टोलीसँग सन्तुष्ट नरहेको संकेत गरेको छ ।
Comments are closed.