पुम्दीकोट विशाल महादेव मूर्तिको दर्शनमा रोक

पोखरा । पोखराको वडा नं. २२ स्थित पुम्दीभुम्दीमा रहेको पुम्दीकोट विशाल महादेव मूर्तिको दर्शनमा रोक लगाइएको छ । मूर्तिको दर्शन गर्न धेरै पर्यटक उक्त ठाउँमा जान थालेका थिए । कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गरी पोखरा महानगरपालिका वडा नं. २२ ले मूर्ति दर्शनमा रोक लगाएको हो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि मूर्ति दर्शनमा रोक लगाइएको वडा अध्यक्ष मित्रलाल बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महादेव मूर्तिको दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्याधिक हुन गएको र कोभिड–१९ को संक्रमण पनि बढ्दै गइरहेको हुँदा सबैलाई सुरक्षित हुनका लागि अर्को सूचना नभएसम्मका लागि पुम्दीकोट विशाल महादेव मूर्ति परिसर दर्शन तथा अवलोकन गर्न बन्द गरिएको,’ विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

You might also like

Comments are closed.