युवासँग महालक्ष्मी लाइफ कास्कीको समिति घोषणा

पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी’ रास्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । बिहीबार पोखरामा दसैं, तिहार तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमबीच समिति घोषणा गरिएको हो । सन्तोस पराजुलीको संयोजकत्वमा २१ सदस्यीय समिति घोषणा गरिएको महालक्ष्मीका कास्की शाखा प्रमुख रामजीप्रसाद लम्सालले जानकारी दिए ।

कम्पनीका नायब महाप्रबन्धक प्रशान्त राज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्म्मान समेत गरिएको थियो ।

उक्त अवसरमा बोल्दै धमलाले आम सर्वधारणमा बिमाबारे जनचेतना लागि बिमा जागरण राष्ट्रिय अभियान सञ्चालन गरिएको बताए । ‘युवाहरुको बीचमा प्रभावकारिताको साथ काम गर्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘युवासँग महालक्ष्मी कार्यक्रम युबाहरुलाई जागरुक बनाउदै अघि बढ्न सहयोगी हुनेमा हामी विश्वस्त छौं ।’

jutta mela

कार्यक्रममा युवासँग महालक्ष्मी कार्यक्रमका केन्द्रीय सदस्यहरु मञ्जु गुरुङ, सम्मरबहादुर थापा, दीपा राना, अभिकर्ताद्वय दीपक पौडेल र रेजिना आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका गण्डकी प्रदेश प्रबन्धक अखिल धमलाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन पोखरा शाखा प्रमुख रामजी प्रसाद लम्साल र स्वागत लेखनाथ शाखा प्रमुख सुरज बरालले गरेका थिए ।

You might also like

Comments are closed.