सीएसआर कार्यक्रम अन्तर्गत महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडका विभिन्न शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका गरेका छन् ।

बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका–९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको छ । कक्षा १ देखि ६ सम्मका अध्यापन हुँदै आएको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले फर्निचर सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

त्यस्तै बैंकको विजयपुर शाखाले पोखरा उपमहानगरपालिका–२६ मा अवस्थित कडेनी प्रगती टोल विकास संस्थालाई डस्टविन तथा कुर्सी उपलब्ध गराएको छ । बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालयका लागि कुर्सी प्रदान गरेको हो ।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने बैैकको भनाइ छ ।

 

You might also like

Comments are closed.