महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र मनकामना दर्शन प्रालिबीच छुुट सम्झौता भएको छ ।

विगत २८ वर्षदेखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएका महालक्ष्मी विकास बैेंकले केबुलकार कम्पनिसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंको नक्सालअवस्थित मनकामना दर्शन प्रालिसँग छुट सम्झौता आज गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।

jutta mela

यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

You might also like

Comments are closed.