महालक्ष्मी विकास बैंक र ई सेवा मनी ट्रान्सफरबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले ई–सेवा मनी ट्रान्सफर प्रा. लि. सँंग सम्झौता गरेको छ ।

ई–सेवा मनी ट्रान्सफर प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ले सम्झौता पत्रमा हस्ताक्षर शुक्रबार हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।

MANASLU

१०३ वटा शाखा मार्फत बैकिङ कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ सेवालाई अत्याधुनिक प्रविधि मैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.