काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीबाट पुनः प्रमाणित भएको छ । गुणस्तरीय सेवाप्रदानमा उत्कृष्टता कायम गरेको आधारमा बैंकले २०८१ साउन ३२ (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी प्राप्त गरेको प्रमाणिकरणको २०८२ भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिट सफलतापूर्वक पार गर्दै पुनः प्रमाणिकरण कायम राख्न सफल भएको हो ।
बैंकले “एचआर डेभलपमेन्ट ट्रान्सफर्मेसन बैंकिङ” (HR Development & Transformation Banking) अन्तर्गत ISO प्रमाणपत्र प्राप्त गरेको थियो। यो प्रमाणपत्र हासिल गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी संस्थामध्ये पर्छ ।
ISO 9001:2015 प्रमाणिकरण पाउनका लागि संस्थाको नीति, नियम, सेवा प्रक्रिया, अभिलेखीकरण प्रणाली तथा समग्र व्यवस्थापन संरचनाको विस्तृत अडिट गरिन्छ । ग्राहक सन्तुष्टि, सेवा सुधार र निरन्तर गुणस्तर व्यवस्थापनमा सक्षम संस्थाहरुले मात्र यस मान्यता प्राप्त गर्ने पात्रता राख्छन् ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित देशभर विगत ३१ वर्षदेखि सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका हाल करिब ८ लाखभन्दा बढी ग्राहक छन्। बैंकले यस पुनःप्रमाणिकरणलाई सेवा स्तर अझ सुदृढ बनाउने उत्प्रेरकको रूपमा लिएको जनाएको छ ।







Comments are closed.