महालक्ष्मीको ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’, शैक्षिक सामग्री सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको छ । बैंककोे सातदोबाटो शाखाले सोही कार्यलाई निरन्तरता दिएको छ ।

यसैक्रममा शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामग्री सहयोग गरेको छ । साथै खानेपानीको लागि आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरिएको बैंकले जनाएको छ ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंक लि. ले गरेको सहयोग प्रति आभार प्रकट गरे । सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको विकासमा टेवा पुग्ने बताए ।

jutta mela

बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.