काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न् कार्यक्रम गर्दै आइरहेको छ ।
सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालनलाई निरन्तरता दिदै बैंककोे तिनचुली शाखाले एक विशेष कार्यक्रमका बिच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालीका ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
काठमाडौं उपत्यकाको खाली ठाउँहरुमा वृक्षरोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतीक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे । सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षरोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्नेे बताए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card , Dollar card जारी गरीसकेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।
Comments are closed.