महालक्ष्मी विकास बैंकद्वारा क्याम्पसलाई गमला प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै बैकको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाइ १७० थान गमला सहयोग गरेको छ । क्याम्पस प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई गमला प्रदान गरेको बैंकको बेलौरी शाखाका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी दिए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए ।

गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कले गरेको कार्यको खुलेरै प्रसंशा गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।

 

You might also like

Comments are closed.