महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

काठमाडौं ।   महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि Action Works Nepal (NGO)द्वारा साञ्चालित ‘Chhaupadi & Menstrual Health Hygiene Management Project’लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम  प्रदान गरिने छ । यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले ल्न्इ लाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.