महालक्ष्मीका बिमितलाई प्रिसा इन्टरप्राइजेजका सामान खरिदमा विशेष छुट

पोखरा । पोखराको न्युरोडमा हालै सञ्चालनमा आएको प्रिसा इन्टरप्राइजेजले महालक्ष्मी लाइफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा इन्टरप्राइजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित, अभिकर्ता र कर्मचारीहरुलाई कम्पनीका सामान खरिदमा ५ प्रतिशत देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए । इन्टरप्राइजेजले हेटौंडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु बिक्री वितरण गदै आइरहेको छ ।

हाल कम्पनीले ८ देखि १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औद्योगिक प्रयोजनका र सस्थांगत २० देखि २५ लिटरसम्मका खानेपानी शुद्धीकरण गर्ने युरो गाार्डहरु उत्पादन र बिक्री वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.