महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ साधारणसभा, प्रभु लाईफसँग मर्जरको प्रस्ताव पारित

काठमाडौं ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारणसभा काठमाडौंमा शुक्रवार सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

साधारण सभाले प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने र गाभिने प्रस्ताव पारित गरेको छ । गाभिए पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुवै कम्पनीको शेयर अनुपात १ः१ कायम रहने प्रस्तावमा उल्लेख छ ।

गाभ्ने र गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा र गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायित्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकीकृत कारोबारसम्पन्न हुने जानकारी गराइएको थियो ।

lcci
You might also like

Comments are closed.