मुक्ति इनर्जिका सामान खरिदमा महालक्ष्मीको बीमा पोलिसी उपहार

पोखरा । पोखराको न्युरोडमा संचालित मुक्ति इनर्जिका सामान खरिदमामा महालक्ष्मी लाईफ इन्स्योरेन्स जिवन बिमा पोलिसी उपहार प्राप्त हुने भएको छ ।

मुक्ति इनर्जीका कुनै पनि प्रविधिको सोलार वाटर हिटर खरिदमा ग्राहकले उक्त इन्स्योरेन्समा २ लाख बराबरको जीबन बिमा र रु एक लाखको घातक रोग बिमा सुविधा प्राप्त गर्ने संचालक प्रकाश आचार्यले जानकारी दिए । यो योजना माघ सम्म रहने र मुक्ति इन्र्जिका कुनै पनि सामान खरिदमा महालक्ष्मीका विमित, अभिकर्ता र कर्मचारीहरुलाई १० देखी २० प्रतिसत सम्म छुट प्रदान गरिने आचार्यले जानकारी दिए ।

सो सम्बन्धी समझदारी पत्रमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र मुक्ति इनर्जीका संचालक प्रकाश आचार्यले हस्ताक्षर गरेका छन् ।

jutta mela

मुक्ति इनर्जीले हाल सोलार वाटर हिटर, किचन चिम्नी, ग्यास गिजर, हुड, ओभन, हव, डिस वासर, सोलार ब्याट्री लगायतका विद्युतिय सामाग्री विक्रि गर्दे आइरहेको संचालक आर्चायले बताए ।

You might also like

Comments are closed.