भिजा कन्ट्याकलेस कार्ड सुविधा ल्याउने पहिलो विकास बैंक बन्यो महालक्ष्मी

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले भिजा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिजा कन्ट्याकलेस कार्ड नियर Near Field Communication (NFC) मा आधारित प्रविधि हो, जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक लि. भिजा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

देशका सहरी तथा ग्रामीण १ सय ३ वटा शाखामार्फत बैंकले सेवा प्रदान गरिरहेको छ । महालक्ष्मी विकास बैंकका ग्राहक संख्या करिब पाँच लाख छन् ।

You might also like

Comments are closed.